१ लाख रुपैयाँ घुस लिएकाे अभियाेगमा डिभिजन वन कार्यालय प्रमुख पक्राउ

 बैशाख २७, २०७७ शनिबार १८:९:४ | नवदीप अजनबी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय नुवाकोटका प्रमुख जयमङ्गल प्रसादलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । उनलाई सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा कार्यालयबाटै पक्राउ गरिएको आयोगको टोलीले जनाएको छ ।

सूर्यगढी गाउँपालिका ५ नयाँपुलमा रहेको ढुङ्गा खानी सञ्चालन गर्न दिन एक लाख रुपैयाँ घुस लिएको अख्तियारको दाबी छ । कार्यालय प्रमुख जयमङ्गललाई आवश्यक कारबाहीको लागि काठमाण्डाै लगिएकाे डिभिजन वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले जानकारी दिनुभयो ।

दुई दिनअघि स्थानीयवासीले उद्धार गरी बुझाएको घोरल कार्यालय परिसरबाटै बेपत्ता भएपछि पनि डिभिजन वन कार्यालय विवादमा तानिएको थियो । वैशाख २४ गते पञ्चकन्या गाउँपालिका ५ त्रिवेणीधाम क्षेत्रमा आएको घोरल स्थानीयवासीले समातेर वन कार्यालयमा बुझाएकोमा कार्यालयले भने त्यही राती घोरल खोर भत्काएर भागेको दाबी गरेको थियो ।  

अन्तिम अपडेट: बैशाख ४, २०८१

नवदीप अजनबी

नुवाकोटका पत्रकार नवदीप अजनबी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया