स्थानीय तहमा पहिलो चरणको चुनाव भएको आज तीन वर्ष पूरा

 वैशाख ३१, २०७७ बुधबार ११:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नयाँ संविधानको व्यवस्था अनुसार स्थानीय तहमा पहिलो चरणको चुनाव भएको तीन वर्ष पूरा भएको छ ।

२०७२ सालमा जारी भएको संविधान अनुसार २०७४ साल वैशाख ३१ गते आजकै दिन स्थानिय तहमा चुनाव भएको हो । ७ सय ५३ पालिकामध्ये पहिलो चरणमा वाग्मती, गण्डकी र कर्णाली प्रदेशका ३४ जिल्लाका २ सय ८३ पालिकामा जनप्रतिनिधि चुनिएका हुन् ।

पालिकाका प्रमुख, उपप्रमुखऽ वडाध्यक्ष र सदस्यसहित पहिलो चरणमा १३ हजार ५ सय ५६ पदमा चुनाव भएको थियो । पहिलो चरणमा चार महानगरपालिका, १ उपमहानगरपालिका, ९२ नगरपालिका, १ सय ८६ पालिका र २ हजार ५ सय ९८ वडामा जनप्रतिनिधि चुनिएका थिए ।

प्रदेश १, ५ र सुदूरपश्चिमका ३५ जिल्लाका ३ सय ३४ पालिकामा २०७४ असार १४ र प्रदेश २ का ८ जिल्लाका १३६ पालिकामा तेस्रो चरणमा असोज २ गते चुनाव भएको थियो । तीन चरणको चुनावबाट ७ सय ५३ पालिकामा ३५ हजार २ सय २१ जनप्रतिनिधि चुनिएका थिए ।

अहिले पालिकामा ४० दशमलव ९६ प्रतिशत महिला प्रतिनिधित्व छ । संविधानको अनुसूची ८ मा स्थानीय तहका २२ वटा एकल अधिकार उल्लेख छ ।

पालिकाले कृषि, शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन सहितका अधिकारलाई कार्यान्वयन गर्न सक्छन् । तर यी अधिकारको कार्यान्वयन र जनप्रतिनिधिले गरेका वाचा पूरा नगरेको भन्दै असन्तुष्टि र टीका टिप्पणी हुँदै आएको छ ।

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया