महामारीको बेला भ्रष्टाचार हुँदा पनि प्रधानमन्त्रीबाटै बचाउ भयो : देउवा

 जेठ ४, २०७७ आइतबार ११:५२:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आउँदो आर्थिक वर्षको लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम आफ्नै प्रचार गर्ने दस्तावेजको रुपमा आएको बताउनुभएको छ ।

प्रतिनिधिसभामा आइतबार नीति तथा कार्यक्रममाथि बोल्दै सभापति देउवाले विगत ३ वर्षदेखि सरकारले एउटै प्रकारको नीति तथा कार्यक्रम ल्याएको तर कार्यान्वयन नभएको आरोप लगाउनुभयो । साना तिना कुरालाई पनि नीति तथा कार्यक्रममा सरकारको प्रगतिका रुपमा देखाएर सरकारले नीति तथा कार्यक्रममै महत्व घटाएको उहाँको आरोप छ । 

सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको पनि सभापति देउवाको आरोप छ । कोरोनाको महामारीका बेला औषधी उपकरण खरिदमा पनि अनियमितता गरेर निकृष्ट काम गरेको उहाँले बताउनुभयो ।

अनियमितताकाे छानबिन गर्नुभन्दा पनि प्रधानमन्त्रीले नै संलग्नहरुलाई बचाउ गरेको कांग्रेस सभापति देउवाले आरोप लगाउनुभयो । कैयौं भ्रष्टाचार, बलात्कार, हत्या हिंसाका घटनामा सरकारले पारदर्शी अनुसन्धान गरेर कारबाही नगरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया