टिकटक प्रयाेगकर्तामाथि आरोप : 'एसिड आक्रमणलाई बढावा दिइयो'

 जेठ ५, २०७७ सोमबार १५:५१:० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – भिडियाे शेयरिङ एप टिकटकमा राखिएकाे एक भिडियाेमा महिलाविरुद्ध एसिड आक्रमणलाई बढावा दिएकाे आराेप लागेकाे छ । याे भिडियाे भारतका टिकटक प्रयाेगकर्ता फैसल सिद्दीकीले बनाएका हुन्, जसकाे सामाजिक सञ्जालमा निकै आलाेचना भइरहेकाे छ । 

मुम्बईमा बस्दै आउका फैसलकाे टिकटक एकाउन्टमा १ दशमलव ३४ कराेड फलाेअर्स छन् र उनी निकै लाेकप्रिय छन् । उनी टिम नबाबसँग पनि जाेडिएका छन्, जाे टिकटकमा भिडियाे राख्ने एक समूह हाे ।

फैसल नियमित रुपमा टिकटकमा भिडियाे राख्दै आइरहेका छन् । अहिले सामाजिक सञ्जालमा भाइरस र आलाेचित भइरहेकाे भिडियाेमा फैसल एक युवतीसँग भनिरहेका छन्, 'उसले तिमीलाई छाेडिदियाे, जसकाे लागि तिमीले मलाई छाेडेकी थियाै । त्यसपछि उनी युवतीमाथि केही फ्याँक्छन् जसकाे कारण युवतीकाे अनुहारमा कालाे र राताे रङ्गकाे छाप बन्छ ।'

फैसल सिद्दीकीकाे टिकटक भिडियाेमा देखिएकाे दृश्य

याे भिडियाेप्रति भारतकाे राष्ट्रिय महिला आयाेगले मध्यनजर गर्दै महाराष्ट्रका डीजीपीलाई एक पत्र लेख्दै आईटी एक्ट अनुसार कारबाही गर्न अनुराेध गरेकाे छ । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Joshan Khatri

    May 18, 2020, 7:10 p.m.

    सामाजिक संन्जालको दुरुपयोग गर्नेलाई कार्वाही हुनुपर्छ टिकटक रमाइलो र समय बिताउनकोलागी हो कसैको चरीत्रहत्या गर्न हैन !

  •  0 Reply

तपाईको प्रतिक्रिया