सुरु भयो जूम एकीकृत अनलाइन शिक्षा प्रवर्द्धन पोर्टल 'प्रिक्सा ओलिभ'

 जेठ ७, २०७७ बुधबार २१:२:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रिक्सा टेक्नोलोजीले 'प्रिक्सा ओलिभ' नामक नयाँ शिक्षा व्यवस्थापन प्रणाली सुरु गरेको छ । 

प्रिक्साले यस सफ्टवेयरको सुरुवातसँगै साइन अप गर्ने पहिलो दुई सय स्कुल, कलेज, विश्वविद्यालय तथा तालिम केन्द्रजस्ता सङ्घसंस्थाको लागि निःशुल्क सुविधाहरु उपलब्ध गराउने जानकारी दिएको छ ।

प्रिक्सा ओलिभ एक शक्तिशाली र सहज शिक्षा व्यवस्थापन प्रणाली भएको र यस सफ्टवेयरले ठूला-ठूला पाठ्यक्रम र त्यसमा संलग्न ठूला-समूहहरु सजिलै आत्मसाथ गर्न सकिने प्रिक्साले जनाएको छ । 

यो सफ्टवेयर निम्न माविदेखि स्नातकोत्तर तहसम्मका पठनपाठनमा सजिलै प्रयोग गर्न सकिने प्रिक्सा टेक्नोलोजीले जनाएको छ । यस सफ्टवेयरमा अहिले लोकप्रिय बनेको भिडियो कन्फरेसी प्लेटफर्म जूम पनि समावेश गरिएको छ। 

प्रिक्सा टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत मनिष शर्माका अनुसार यो प्रणाली नेपाली शिक्षणशैली समायोजित गर्न डिजाइन गरिएको हो । यो एक सहज ज्ञानयुक्त सफ्टवेर भएको तथा यसले शिक्षकलाई उनीहरूको आवश्यकता अनुसार पाठ्यक्रम सिर्जना गर्न र मध्यम गर्न स्वतन्त्रता दिने शर्माले बताउनुभयो । 

सफ्टवेयरबाट विद्यार्थीले कक्षामा ध्यान दिए नदिएको जाँच गर्न बहुवैकल्पिक प्रश्नहरुमार्फत कक्षाको प्रभावकारिता मापन  गर्न सकिने उहाँले बताउनुभयो ।

शर्मा भन्नुहुन्छ, ‘शिक्षकहरूले यस प्रणालीमार्फत निर्धारित समयमा मात्र पनि प्रश्न अनुसूची गर्न सक्दछन् । विद्यार्थीहरुले तोकिएको समयमा मात्र हेर्न र परीक्षा दिन पाउनेछन् । यसले शिक्षकलाई पनि विद्यार्थीको ग्रेड पहिचान गर्न लाभ पुर्‍याउँछ ।’

यस सफ्टवेयरको युजर इन्टरफेस निकै मैत्रीपूर्ण र नेभिगेसन गर्न धेरै सजिलो भएकाे बताइएकाे छ । यस सफ्टवेयरले शिक्षकलाई पाठ्यक्रम सिर्जना गरेर, विद्यार्थीहरुलाई आमन्त्रण गरी, आवश्यकता अनुसार समूह बनाएर र पाठ्य सामग्रीको पहुँच दिइ सजिलै घरबाटै पठनपाठन अगाडि बढाउन मद्दत गर्दछ । 

यस सफ्टवेयरले अहिलेको कठिन परिस्थितिमा शैक्षिक क्षेत्रमा ठूलो योगदान पुर्‍याउने विश्वास प्रिक्साले लिएको छ । यस अत्याधुनिक सफ्टवेयरको बारेमा अधिक जानकारी र नि:शुल्क प्रमोशनल इजाजतपत्र दाबी गर्न चाहनेहरूले https://olive.prixa.net/olive/signup मा जानुहोला । 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया