पाेखरामा १ हजार ३ सय ६९ जना बालश्रमिक, 'वर्कशप' मा काम गर्ने...
चैत १६, २०८० शुक्रबार
स्याङ्जा – भारतको नौतनवाको क्वरेण्टीनमा बसेका एक नेपालीको मृत्यु भएको छ ।
रोजगारीकाे लागि भारत गएका स्याङ्जा हरिनास गाउँपालिका २ चिसापानीका ३२ वर्षीय पुरुषको शनिबार मृत्यु भएको हरिनास गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले जानकारी दिनुभयो ।
पीसीआर परीक्षणको काम भइरहेको जानकारी प्राप्त भएको अध्यक्ष मानन्धरले बताउनुभयो । उहाँले भारतीय पक्षसँग सम्पर्कमा नै रहेको जानकारी दिनुभयो ।
अध्यक्ष मानन्धरका अनुसार युवा जेठ ५ गते नौतनवाको राजीव गान्धी पीजी कलेजको क्वरेण्टीनमा बसेका थिए । उनको स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जकाे अस्पतालमा उपचार गरेर क्वरेण्टीनमा ल्याएपछि ज्यान गएको हो ।
हिँडेरै स्याङ्जा आउने प्रयासमा भारत अलिगढबाट रुपन्देहीको नाका बेलहिया आएका उनलाई नेपाल प्रवेश नदिएपछि नौतनवाको क्वरेण्टीनमा राखिएको बताइएको छ ।
स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।