पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
रुपन्देही – प्रदेश नम्बर ५ सरकारले कोरोना भाइरस सङ्क्रमणको महामारी नियन्त्रण भएपछि मात्रै प्रदेशको स्थायी राजधानी र नामाकरण टुङ्गो लगाउने भएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले कोरोना नियन्त्रण भएपछि राजधानी र नामाकरणको टुङ्गो लगाइने बताउनुभएको हो ।
प्रदेश सभाको बैठकमा उहाँले राजधानीको टुङ्गो लागेपछि गुरुयोजना बनाइने र संरचनाहरू निर्माण हुने उल्लेख गर्नुभयो । 'राजधानी तोकिएको ठाउँमा राजधानीका लागि आवश्यक जग्गा प्राप्ति, गुरुयोजनाको निर्माण र अत्यावश्यक संरचनाहरुको निर्माणको कामसमेत सुरु गरिने र प्रदेशको मौलिकता झल्कने गरी प्रदेश सभा भवन निर्माण गरिनेछ', कार्यक्रममा उल्लेख छ ।
समायोजन कार्य सम्पन्न भएसँगै प्रदेशको विकास व्यवस्थापन र शासकीय प्रबन्धमा प्रभावकारिता ल्याउने गरी आवश्यक संरचनागत पुनर्गठन र सुधारको काम अघि बढाउने र त्यसका लागि विज्ञहरु सम्मिलित एक कार्यदल गठन गरिने बताइएको छ ।
कोभिड-१९ को महामारीका कारण प्रदेशको अर्थतन्त्र र विकास निर्माणमा पर्ने नकारात्मक असरलाई कम गर्नेतर्फ प्रदेश सरकारको आर्थिक नीति लक्षित हुनुका साथै यस महामारीले क्षति पुर्याएको अर्थतन्त्रको पुनरुत्थान गर्नका लागि विशेष कार्यक्रम सञ्चालनमा ल्याइने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।