कपिलवस्तुका दश कोरोना सङ्क्रमित निको भएर फर्के

 जेठ ११, २०७७ आइतबार ६:२२:१८ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - कपिलवस्तुका १० जना कोरोना सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन्।

बुटवलको कोरोना विशेष अस्पतालबाट १० जना सङ्क्रमित निको भएर शनिबार घर फर्किएका हुन् । दुई साताअघि अस्पताल भर्ना भएका सङ्क्रमितको लगातार दुई पटकको रिपाेर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको बुुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालका फोकल पसर्न डा. सुुदर्शन थापाले जानकारी दिनुभयो ।

निको भएर जानेहरुले ‘कोरोनाबाट डराउनुपर्दैन, सजिलै जित्न सकिन्छ’ भन्ने सन्देश पनि दिएको डाक्टर थापाले बताउनु भयो ।

यसअघि त्यसै अस्पतालबाट रुपन्देहीको कोटहीमाईका २५ वर्षीय युवक पनि निको भएर घर फर्किएका थिए । धागो कारखानाको कोरोना अस्पतालमा रुपन्देही र कपिलवस्तुका ३६ जनाकाे उपचार भइरहेको छ ।

बाँकेको खजुरामा रहेकाे सुुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट पनि २१ जनाको कोरोना सङ्क्रमण निकाे भएर शुक्रबार घर फर्किएका थिए । 

अन्तिम अपडेट: चैत २७, २०८०

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया