काेराेना जित्ने गुल्मीका पुरुष भन्नुहुन्छ– 'मैदानबाट युद्ध जितेर फर्किँदै सिपाही'

 जेठ १९, २०७७ सोमबार १८:९:५२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीका एक जना काेराेना सङ्क्रमित उपचारपछि निकाे भएर साेमबार घर फर्किनुभएको छ । मदाने गाउँपालिका ६ का ३१ वर्षीय पुरुष काेराेनामुक्त भएर साेमबार दिउँसाे घर फर्किनुभएकाे गुल्मी अस्पतालका डाक्टर उत्तम पाच्यले जानकारी दिनुभएको छ ।

मदाने गाउँपालिका ६ काे पुर्कोटदहका एक शिक्षकमा कोरोना सङ्क्रमको पुष्टि भएर ज्यान गएपछि कन्ट्याक्ट ट्रेसिङकाे आधारमा ती ३१ वर्षीय पुरुषकाे स्वाब परीक्षण गरिएको थियो । स्वाब परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उहाँलाई गएकाे १० दिनदेखि सदरमुकाम तम्घासमा रहेको आइसोलेशनमा राखिएको थियो ।

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ती पुरुषलाई कोरोना परीक्षण नेगेटिभ देखिएको डिस्चार्ज रिपोर्ट पत्र हस्तान्तरण गर्दै आइसाेलेशन कक्षबाट बिदाइ गर्नुभएको थियो । आइसाेलेशन कक्षबाट बिदाइ भइसकेपछि उहाँले आफू ‘एक युद्ध मैदानबाट युद्ध जितेर फर्किँदै सिपाही’ भन्दै सामाजिक सञ्जालमा स्टाटससमेत पोस्ट गर्नुभएको छ ।

उहाँले बलियाे आत्मबलका कारण आफूले कोरोना सङ्क्रमणलाई जितेको बताउनुभएको छ । उहाँले काेराेना सङ्क्रमण हुँदैमा नआत्तिन आग्रह गर्दै मनोबल उच्च बनाएर कोरोनालाई जित्न सकिने बताउनुभएको छ ।

ती पुरुषकाे पहिलाे पटककाे स्वाब परीक्षण रिपोर्ट पोजेटिभ देखिए पनि त्यसपछि परीक्षण गरिएका दुईवटै रिपोर्ट नेगेटिभ आएको डाक्टर पाच्यले बताउनुभएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया