गण्डकी प्रदेशमा थप एक जनामा कोरोना सङ्क्रमण : सङ्क्रमित ११५ पुगे

 जेठ २६, २०७७ सोमबार ११:४०:१० | सुमन गुरुङ
unn.prixa.net

कास्की - गण्डकी प्रदेशमा थप एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । 

सोमबार बिहान पोखरा महानगरपालिकाका ४२ बर्षीय पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हाे । सङ्क्रमित पुरुष पोखराको क्वरेन्टीनमा रहेकाले धेरैसँग सम्पर्क नभएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयाे ।

योसँगै गण्डकी प्रदेशमा अहिलेसम्म १ सय १५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमध्ये ३ जना निको भएर घर फर्किएका छन् भने १ जनाको मृत्यु भएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया