सुदूरपश्चिममा थप ३७ जनामा कोरोना पुष्टि, प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ सय ४७ पुग्यो

 जेठ २६, २०७७ सोमबार २०:१८:२७ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिम प्रदेशमा आज थप ३७ जनामा कोरोना पुष्टि भएको छ।

धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ३७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो ।

कञ्चनपुरका १९, दार्चुलाका १०, डडेल्धुराका ७ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो । कञ्चनपुरको पुर्नवास नगरपालिकाका १३ जना पुरुष, भीमदत्त नगरपालिकाका दुई महिला र तीन पुरुष र शुक्लाफाँटा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो।

दार्चुलामा शैल्यशिखर नगरपालिकाका ८ पुरुष, लेकम गाउँपालिका र महाकाली नगरपालिकाका एक र एक पुरुष, डडेल्धुराको परशुराम नगरपालिकाका तीन पुरुष, नवदुर्गा गाउँपालिकाका दुई पुरुष, अमरगढी नगरपालिकाका एक महिला र एक पुरुषमा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।

कैलालीको जानकी गाउँपालिकाका एक जना पुरुषमा कोरोना पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक सय ४७ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी कैलालीका ४८ जना, कञ्चनपुरमा ३२, अछामका १५, डडेल्धुरामा १४, दार्चुलामा ११, डोटीका १०, बझाङमा ७, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भइसकेको छ भने १८ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय २९, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया