दार्चुलाका पहिलाे सङ्क्रमित डिस्चार्ज

 जेठ २७, २०७७ मंगलबार १६:०:५१ | सीताराम ओझा
unn.prixa.net

दार्चुला – दार्चुलाका पहिलो काेराेना सङ्क्रमित सङ्क्रमणमुक्त भएर घर फर्किनुभएकाे छ । महाकाली नगरपालिका ६ का २१ वर्षीय युवक कोरोना जितेर घर फर्किएका हुन् । उहाँलाई गएकाे जेठ १५ गते कोरोना पुष्टि भएको थियो ।

भारतबाट फर्किनुभएका उहाँलाई महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलङ्गाको क्वरेण्टीनमा रहेकाे बेला कोरोना भएको थियो । कोरोना लक्षण देखिएपछि उहाँलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा भर्ना गरिएको थियो ।  

उहाँकाे जेठ १७ र जेठ २३ गते गरिएको दोस्रो र तेस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि मङ्गलबार अस्पतालबाट डिस्चार्ज गरिएको छ । कोरोना जितेका युवककाे बिदाइ गरिएको जिल्ला अस्पताल दार्चुलाका डाक्टर गजेन्द्र दुवालले जानकारी दिनुभयाे ।

जिल्ला अस्पताल दार्चुलाको आइसोलेशनमा अब महाकाली नगरपालिका ८ का २४ वर्षीय पुरुष बाँकी हुनुहुन्छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया