कालीकोट बजार बन्द, पत्रकारले खिचेकाे फाेटाे र भिडियाे प्रहरीले डिलिट गरे

 जेठ २८, २०७७ बुधबार १०:१४:० | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकाेटकाे सदुरमुकाम मान्म बजार बन्द गराउँदै हिडेका प्रहरीले पत्रकारले माेबाइलमा खिचेका फोटो र भिडियो डिलिट गरेका छन् ।

उज्यालो ९० नेटर्वकका पत्रकार मनिराज पाण्डेको हातबाट मोबाइल खोसेर प्रहरीले फोटो र भिडियो डिलिट गरिदिएका हुन् । 'अनुमति छैन' भन्दै प्रहरीले फोटो र भिडियो डिलिट गरेको पाण्डेले बताउनुभयाे । 

फोटो तथा भिडियो डिलिट गरेकाे सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबाबु ओलीयालाई जानकारी गराउँदा प्रहरीलाई थप सम्झाइ बुझाइ गर्ने बताउनुभयो ।

जिरोपन्टतर्फ गस्तीमा आएको प्रहरीले पत्रकार पाण्डेको मोबाइल खोसेर फोटो र भिडियो डिलिट गरेको थियो । प्रहरीले बजार बन्द गरे पनि साना यातायातका साधन चलेकाे र स्थानीयको आवत जावत भएकाे देखिन्छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया