पहिरोले गोठ पुरिँदा २ जनाको ज्यान गयो

 जेठ २८, २०७७ बुधबार ११:१२:१९ | प्रताप बानियाँ
unn.prixa.net

म्याग्दी – मङ्गलबार राति परेको भिषण वर्षाका कारण आएको पहिरोले रघुगङ्गा गाउँपालिका ६ पाखापानीको कोटगाउँमा गोठ पुरिँदा दुई जनाको ज्यान गएको छ ।

वर्षासँगै लेदो माटोसहित आएको पहिरोले गोठ पुरिँदा कोटगाउँका ५० वर्षीया हमाया शेरपुञ्जा र उहाँकी चार वर्षीया नातिनी सिमरन छन्त्यालको ज्यान गएको प्रहरी निरीक्षक (इन्सपेक्टर) डाक्टरप्रसाद चौधरीले जानकारी दिनुभयो । 

मध्यराति १२ बजेको समयमा भिषण वर्षासँगै आएको पहिरोले गोठ पुरिँदा उनीहरुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोले गोठमा रहेको अन्नपात र भाँडावर्तनमासमेत पूर्णरुपमा क्षति पु¥याएको प्रहरी निरीक्षक चौधरीले बताउनुभयो । 

पहिरो पशु चौपायालाई क्षति नगरेको प्रहरीले जनाएको छ । घटनालगत्तै पाखापानी प्रहरी चौकीबाट गएको प्रहरी टोली र स्थानीयवासीले मृतकको उद्धार गरेका थिए । 

अन्तिम अपडेट: चैत २७, २०८०

प्रताप बानियाँ

म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया