सुदूरपश्चिममा थप ६ जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १ सय ६४ पुग्यो

 जेठ २८, २०७७ बुधबार १९:९:२३ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा बुधबार थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढीको कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक सय ६४ पुगेको छ । सुदूरपश्चिममै सबैभन्दा बढी सङ्क्रमित कैलालीमै रहेका छन् । 

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । परीक्षणमा कैलालीका ५ र कञ्चनपुरका एक जनामा कोरोना पुष्टि भएको छ । 

कैलालीमा सबैभन्दा बढी गौरीगंगा नगरपालिकामा २० जनामा कोरोना सङ्क्रमण देखिएको छ । टीकापुर नगरपालिकामा १३, धनगढी उप-महानगरपालिकामा ११, जानकी गाउँपालिकामा ९, लम्कीचुहा नगरपालिकामा २ जना, भजनी नगरपालिका, गोदावरी नगरपालिका, घोडाघोडी नगरपालिका, मोहन्याल र बर्दगोरिया गाउँपालिकामा एक-एक जना कोरोना सङ्क्रमित भेटिएका छन् । सङ्क्रमितमध्ये अहिलेसम्म ९ जना निको भएर अस्पतालबाट घर फर्किसकेका छन ।

कञ्चनपुरमा पनि सङ्क्रमितको सङ्ख्या ३४ पुगेको छ । बुधबार थप एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कञ्चनपुरको बेलौरीका २२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । बेलौरीमा पहिलो पटक सङ्क्रमित भेटिएका हुन् ।

कञ्चनपुरको पुर्नवास नगरपालिकामा सबैभन्दा बढी सङ्क्रमित रहेका छन् । यो नगरपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २० पुगेको छ । त्यसैगरी भीमदत्त नगरपालिकामा ७, शुक्लाफाँटामा ५ जना सङ्क्रमित पुगेका छन् । बेतकोट नगरपालिकाका एक पुरुष भने कोरोना जितेर घर फर्किसकेका छन् । बेलौरीमा एक जना थप भएसँगै कञ्चनपुर जिल्लामा सङ्क्रमितको सङ्ख्या ३४ पुगेको हो ।

कैलाली कञ्चनपुरबाहेक अछामका १६, डडेल्धुरामा १५, दार्चुलामा १२, डोटीका १०, बझाङमा ८, बैतडीमा ६ र बाजुराका तीन जनामा कोरोना पुष्टि भएको छ । 

पुष्टि भएका दुई जनाको मृत्यु भइसकेको छ भने १९ जना निको भएर घर फर्किसकेका छन्। अहिलेसम्म धनगढीको प्रयोगशालाबाट एक सय ४६, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया