पहिलो चरणमा मलेसियाबाट घर फर्कने नेपालीको सूची सार्वजनिक, को को परे प्राथमिकतामा ?

 जेठ २९, २०७७ बिहिबार १३:४२:३० | उज्यालो सहकर्मी

काठमाण्डौ –  मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि असार १, ४, ६ र ७ गते क्वालालाम्पुरदेखि काठमाण्डौ चार्टर्ड उडान हुने भएको छ ।

नेपाल सरकारले तोकेको प्राथमिकतामा परेका एक हजार ५ जनाको सूची सार्वजनिक गर्दै मलेसियामा रहेको नेपाली दूतावासले स्वदेश फिर्तीको लागि टिकट काट्न सूचना जारी गरेको छ ।

जुन १५ अर्थात असार १ गते नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सले पहिलो चार्टर्ड उडान गर्नेछन् । ५२० अमेरिकी डलर अर्थात २२ सय २० मलेसियन रिंगिट भाडा तोकिएको छ । 

यो उडानमार्फत स्वदेश फर्कने प्राथमिकतामा परेकाहरुमा  सुत्केरी, गर्भवती, बिरामी, सिकिस्त बिरामी परेका पुरुष, अध्ययनका लागि रहेका विद्यार्थी, व्यापारिक तथा पर्यटक भिसामा रहेकाहरु, रोजगारी भिसामा रही भिसा अवधि सकिएका, कोरोनाको कारण रोजगारी गुमाएका, सामान्य रुपमा बिरामी भएको पुरुषहरु, आफन्तको मृत्यु भइ घर फर्कन पर्नेहरु, घर फर्कन चेक आउट मेमो र टिकट लिएर अलपत्र परेका रोजगारी भिसामा रहेका र कम्पनीबाट रोजगारीसहित लामो बिदाको सुविधा पाएकाहरु रहेका छन् । 

प्राथमिकतामा परेका एकहजार ५ जनाको सूची हेर्नुहोस् :

नेपाल फर्कन यो प्राथमिकतामा परेका सबै नेपालीले टिकट आफैंले लिनुपर्ने हुन्छ । मलेसियामा रहेकाले हिमालय एअरलाइन्सको नम्बर ०११३७१८९२५२ मा सम्पर्क गरेर टिकट काट्न सकिनेछ ।

आफन्तले एअरलाइन्स कम्पनीमा सम्पर्क गरेर नेपालमा पनि टिकट काट्न सक्नेछन् । सरकारले विदेशबाट घर फर्कने नेपालीले कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको प्रमाणपत्र साथमा राख्नुपर्छ । मलेसियाबाट चार्टर्ड जहाजमार्फत फर्कने नेपालीले कोरोना जाँच पनि आफ्नै खर्चमा गर्नुपर्छ ।

सात दिनभित्रको कोरोना जाँचको पीसीआर अथवा आरटिडी जाँच आफू नजिकै रहेको निजी क्लिनीक या अस्पतालमा गएर गर्न सकिन्छ । अहिले मलेसियामा कोरोना जाँचको रिपोर्ट आउन २४ देखि ३६ घण्टा लाग्ने गरेको र यसबारेमा थप जनाकारी दिइने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

मलेसियाबाट सबै उडानहरु क्वालालाम्पुर विमानस्थलबाट हुनेछ । यात्रुले अनिवार्य मास्क लगाउनु पर्नेछ भने उडानहुनुभन्दा चार घण्टाअघि नै विमानस्थल पुग्नुपर्नेछ । 

पर्याप्त यात्रु नपुगेमा या अन्य समस्या भएमा उडान तालिक परिवर्तन या रद्द हुन सक्ने दूतावासले जनाएको छ । मलेसियामा अवैधानिक भएर बसेकाको लागि भने मलेसिया सरकाले अहिले आममाफीको कार्यक्रम सञ्चालन नगरेकाले उनीहरु फर्कन पाउनेछैनन् । 

समयमै टिकट नकाटेमा प्राथमिकताअनुसार पछिका यात्रुलाई टिकट काट्ने अवसर दिने भएकाले समयमै टिकट लिन दूतावासले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

2 Comments

  • Subash tamang

    June 11, 2020, 6:35 p.m.

    मालदिभ्स बाट नेपाल जान पाउनेहरूको नाम लिस्ट हेर्न पाउन । मेरो नाम निस्कियो कि निस्केन रहेछ। धन्यवाद

  •  0 Reply
  • Anish Dahal

    June 11, 2020, 2:57 p.m.

    भीसाको अवधी सकियो /

  •  0 Reply

तपाईको प्रतिक्रिया