दैलेख : आइसोलेशनमा लाठी चार्ज, ४ घाइते

 जेठ ३१, २०७७ शनिबार २१:२१:० | अमर सुनार
unn.prixa.net

दैलेख – कोरोना सङ्क्रमितसँग भएको विवादमा प्रहरीले गरेको लाठी चार्जमा त्रिभुवन मावि दैलेख बजार आइसोलेशनका चार जना सङ्क्रमित घाइते भएका छन् । 

आइसोलेशनमा बसेकाहरुले दोस्राे रिपोर्ट आउन ढिला गरिएको भन्दै विवादमा जनप्रतिनिधि र आइसोलेशनमा ड्युटीमा रहेका प्रहरीसमेतलाई गाली गरेको विषयमा प्रहरीले लाठी चार्ज गर्दा उनीहरु घाइते भएका हुन् । 

आइसोलेशन हाताबाट बाहिर निस्केका सात जनालाई सम्झाउँदा पनि नमानेपछि लाठी चार्ज गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यले बताउनुभयो ।

घाइतेहरुलाई सरस्वती मावि तर्ताङ्गको आइसोलेशनमा राखेर उपचार सुरु गरिएको छ । नारायण नगरपालिका ६ का २१ वर्षीय युवकले आफ्नाे टाउकोमा सात वटा टाँका लगाइएकाे उज्यालाेलाई बताएका छन् । त्यस्तै अन्य घाइतेहरुले आफूहरुलाई दुखाइ कम हुने औषधि दिइएको बताएका छन् । 

सरस्वती मावि तर्ताङ्गको आइसोलेशनको ड्युटी तोकिएका डाक्टरको टोलीले घाइतेहरुकाे उपचार गरेको हो । 

अन्तिम अपडेट: चैत १३, २०८०

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया