सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण

 जेठ ३२, २०७७ आइतबार ११:५:३६ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा अर्का स्वास्थ्यकर्मीलाई पनि कोरोना सङ्क्रमण भएको छ ।

धनगढीस्थित प्रयोगशालामा स्वाब परीक्षणको क्रममा कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर-२ का ल्याब असिस्टेन्टलाई शनिबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । शनिबार कोरोना पुष्टि भएका कञ्चनपुरका २१ जना मध्ये १४ जना लालझाडी गाउँपालिकाका रहेका र तीमध्ये एकजना ३२ वर्षीय स्वास्थ्यकर्मी रहेका छन् ।

गाउँपालिकाका सङ्क्रमितहरुको जाँचमा संग्लन ती स्वास्थ्यकर्मीलाई पनि कोरोना पुष्टि भएपछि अहिले उनी होम क्वरेन्टीनमा बसेका छन् । उनले आफूमा कुनै पनि लक्ष्मण देखिएको र आफू होम क्वरेन्टीनमा बसेको बताए ।

यसअघि लालझाडी गाउँपालिकासँगै जोडिएको पुर्नवास नगरपालिकाका दुई जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको थियो । उनीहरु दुवै जना अस्पतालको आइसोलेसनमा उपचाररत रहेका छन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया