सुदूरपश्चिम : २४ दिनमा थपिए २५९ कोरोना सङ्क्रमित

 जेठ ३२, २०७७ आइतबार १९:३३:४३ | सीताराम ओझा
unn.prixa.net

कैलाली - सुदूरपश्चिममा जेठ महिनाको २४ दिनमा दुई सय ५९ जना कोरोना सङ्क्रमित थपिएका छन् । जेठ ९ गतेदेखि जेठ ३२ गतेसम्म दुई सय ५९ जना सङ्क्रमित थपिएका हुन् । त्यसअघि सुदूरपश्चिममा जम्मा पाँच जना कोरोना सङक्रमित थिए ।

सुदूरपश्चिम प्रदेशमा गएको चैत १४ गते पहिलो कोरोना सक्रमित फेला परेका थिए । धनगढी उपमहानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो । धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।

वैशाख १ गते लम्कीचुहा नगरपालिका १ की ६१ वर्षीया महिलामा कोरोना पुष्टि भएको थियो । त्यसपछि जेठ ९ गते सुदूरपश्चिमका पाँच जना नयाँ सङ्क्रमित फेला परेका थिए भने त्यसपछि दैनिक रुपमा सङ्क्रमितको सङ्ख्या बढ्दै गएको हो । अहिले प्रदेशमा सङ्क्रमितको सङ्ख्या दुई सय ६४ पुगिसकेको छ । 

जेठमा मात्रै भारतबाट एक लाख १६ हजार बढी नेपाली सुदूरपश्चिम फर्किएका छन् भने उनीहरुमध्ये चार हजारको मात्रै कोरोना परीक्षण भएको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया