अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
कालीकोट - कालीकोटको कोभिड-१९ आइसोलेसन सेन्टर मान्ममा रहेको एकीकृत भवनबाट २५ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् ।
उनीहको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि सात दिनसम्म होम क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।
कालीकोटमा एक जना बाजुराकासहित २९ जना कोरोना सङ्क्रमित थिए ।
अहिलेसम्म दुई हजार दुई सय ९५ जनाको आरडीटी परीक्षण गरिएको छ भने एक हजार नौ सय ७५ जना अझै क्वरेण्टीनमा बसेका छन् ।
कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ ।