गुल्मीबाट अख्तियारमा परेका उजुरीमध्ये धेरै पालिकाहरुका

 असार २, २०७७ मंगलबार १२:१२:१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा परेका गुल्मी जिल्लाका उजुरीमध्ये सबैभन्दा बढी पालिकाहरुका रहेका छन् । 

आर्थिक वर्ष २०७६-७७ मा गुल्मी जिल्लाबाट परेका ९७ मध्ये पालिकाहरुका ३९ वटा उजुरी रहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख भिष्मकुमार भुसालले जानकारी दिनुभयो । 

आयोगमा परेका अन्य उजुरीहरुमा शिक्षासँग सम्बन्धित २७, खानेपानी तथा शहरी विकासका ८, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ३, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणका ३, सञ्चार तथा सूचना प्रविधिका ३, प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका २, राष्ट्रिय पुनर्निमाण प्राधिकरणका २, खानेपानीका २ र वन वातावरण अन्र्तगतका २ गरी १५ वटा कार्यालयका ९७ वटा उजुरीहरु दर्ता भएका छन् ।

एक वर्षको अवधिमा गुल्मी जिल्लाबाट आयोगमा परेका ९७ वटा उजुरीमध्ये ५१ वटा फछ्र्यौट भैसकेका छन् भने अन्य ४६ वटा उजुरीहरु फछ्र्यौट गर्न बाँकी रहेको अख्तियार दुरुपयोग अनुषन्धान आयोगको कार्यालय बुटवलले जनाएको छ । 

आर्थिक वर्ष २०७६-७७ मा प्रदेश ५ अन्तर्गत अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलमा ७ सय ९७ वटा उजुरी दर्ता गरिएकोे तथा २५ वटा स्टिङ्ग अपरेशन गरिएकोमा ४२ जना व्यक्ति पक्राउ परेको र स्टिङ्ग अपरेशनबाट ३२ लाख ६२ हजार रुपैयाँ बरामद गरिएको आयोगका प्रमुख भुसालले बताउनुभयोे । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया