सुदूरपश्चिम : भीटीएम सकिएपछि स्वाब सङ्कलनकाे काम रोकियो

 असार २, २०७७ मंगलबार १५:३:५३ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा थ्रोट स्वाब राख्ने भाँडो अर्थात् भीटीएम नहुँदा स्वाब सङ्कलनको कार्य दोस्रो पटक रोकिएको छ । 

थ्रोट स्वाब राख्ने भाइरल ट्रान्सफर मिडिया (भीटीएम) नभएपछि कोरोना परीक्षणकाे लागि आवश्यक स्वाब सङ्कलन पूर्णरुपमा रोकिएको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयाे ।

सामाजिक विकास मन्त्रालय अर्न्तगतको स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रमा भीटीएमको मौज्दात सकिएको बताउँदै डाक्टर अवस्थीले अहिले स्वाब सङ्कलनको कार्य रोकिएको जानकारी दिनुभयाे । 

भीटीएम सङ्घीय सरकारले खरिद गर्ने भएकाेले पठाइदिन अनुरोध गरेको उहाँले बताउनुभयाे । भीटीएम सकिएपछि शङ्कास्पद र कोरोना सङ्क्रमितको सम्पर्कमा आएकाहरुको समेत स्वाब सङ्कलन हुन सकेको छैन । 

यसअघि सङ्कलन गरिएका दुई हजार ६६ जनाको स्वाब परीक्षणकाे लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ पठाइएकोमा अब धनगढीको पशु अन्वेषण प्रयोगशालामा जडान गरिएको आरडीटी/पीसीआर मेसिनमा स्वाब नभएर परीक्षण नै बन्द हुने देखिएको छ ।

यसअघि स्वास्थ्य निर्देशनालयले जेठमा प्रयोगशालाको क्षमताभन्दा बढी स्वाब सङ्कलन गरिएको भन्दै पाँच दिनकाे लागि स्वाब सङ्कलन रोकेको थियो । स्वाब सङ्कलन सुरु भएको एक हप्तामै फेरि भीटीएम सकिएपछि स्वाब सङ्कलन बन्द भएकाे हो । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया