सुदूरपश्चिम प्रदेशमा थप १७ जनामा कोरोना पुष्टि

 असार २, २०७७ मंगलबार २०:५२:२५ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा आज १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

धनगढीको कोरोना परीक्षण प्रयोगशालामा १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार आज तीन जना महिला र १४ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । कैलालीका १० र कञ्चनपुरका सात जनामा कोरोना पुष्टि भएको उहाँले बताउनुभयो ।  कैलालीको धनगढी उपमहानगरपालिकाका आठ जना, लम्कीचुहा नगरपालिकाका दुई जनामा कोरोना पुष्टि भएको हो । 

योसँगै सुदूरपश्चिममा काेराेना सङ्क्रमितको सङ्ख्या तीन सय ४७ पुगेको छ । हिजो ६८ जनामा कोरोना पुष्टि भएको बताइए पनि दुई जना अछामका सङ्क्रमितको भने दोस्रो पटक परीक्षण गरिएकाले ६६ जना मात्रै नयाँ सङ्क्रमित थिए ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका एक सय तीन जना, कञ्चनपुरका ७३, डडेल्धुराका ३९, डोटीका ३७, बैतडीका २७, अछामका २०, बाजुराका २१, बझाङका १४ र दार्चुलाका१२ जनामा कोरोना पुष्टि भएको छ ।

अहिलेसम्म काेराेना पुष्टि भएका दुई जनाको मृत्यु भएकाे छ भने ५२ जना निको भएर घर फर्किसकेका छन् । अहिलेसम्म धनगढी प्रयोगशालाबाट तीन सय २१, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पाँच र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया