रुकुम घटना : मृतकका परिवारलाई एक लाख रुपैयाँ राहत दिइने

 असार ३, २०७७ बुधबार १५:४४:६ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - रुकुम घटनामा ज्यान गुमाएका परिवारलाई कर्णाली प्रदेश सरकारले एक/एक लाख रुपैयाँ राहत दिने भएको छ ।

रुकुम घटनामा ज्यान गुमाएका जाजरकोटका ६ जनाको परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताउनुभयो । मृतकका परिवारलाई राहत दिने निर्णय मन्त्रिपरिषद्को बैठकमा भएको हो । 

यस निर्णयले परिवारको पीडामा कम गर्ने प्रदेश सरकारले अपेक्षा लिएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जनाको ज्यान गएको थियो ।

भेरी नगरपालिका जाजरकोटका नवराज विक,सन्दीप विक, गणेश विक, टीकाराम सुनार, गोविन्द शाही र लोकेन्द्र सुनारले ज्यान गुमाएका थिए । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया