गुल्मी : नाबालकसहित सङ्क्रमितको सङ्ख्या ५९ पुग्यो

 असार ३, २०७७ बुधबार १९:३४:५४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा बुधबारसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या ५९ पुगेको छ ।

मङ्गलबार कालीगण्डकी गाउँपालिकाका २८ वर्षका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमित हुनेहरुको सङ्ख्या ५९ पुगेको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिनुभयाे ।   

गएको दुई हप्ताअघि भारतबाट आएका २८ वर्षीय पुरुषलाई पालिकाले स्थानीय क्वरेण्टीनमा राखेको थियो । उहाँको आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएपछि स्वाब सङ्कलन गरेर परीक्षणकाे लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक चन्द्रबहादुर थापाले जानकारी दिनुभयाे । 
 
जिल्लाको ईस्मा गाउँपालिकामा भारतबाट आएका एक वर्षीय बालकमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

उनी गएको २६ दिनदेखि आमासँगै स्थानीय सरस्वती आधारभूत विद्यालयमा क्वरेण्टीनमा बसिरहेका छन् । एक वर्षीय बालकमा कोरोना सङ्क्रमण पुष्टि भए पनि आमाको आरडीटी परीक्षण रिपोर्ट भने नेगेटिभ आएको थियो । 

बालकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार आमाको समेत स्वाब निकालेर परीक्षणकाे लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइने ईस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताउनुभएको छ ।

जिल्लामा भारतबाट आएका तीन हजार नौ सय २१ जना व्यक्तिहरु क्वरेण्टीनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।  

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया