सुदूरपश्चिममा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ४ पुग्यो

 असार ३, २०७७ बुधबार २१:२४:५९ | सीताराम ओझा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

कैलाली – सुदूरपश्चिममा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । बुधबार धनगढीको सेती प्रादेशिक अस्पतालमा बुधबार एक जना पुरुषको मृत्यु भएसँगै सुदूरपश्चिममा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या चार पुगेको हो ।

शनिबार कोरोना पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका ४ का ४६ वर्षीय पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ । स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आईसीयूमा राखेर उपचार गरिरहेका पुरुषको बुधबार साँझ मृत्यु भएको हो । उहाँको मङ्ंगलावर रातिदेखि स्वास्थ्य अवस्था बिग्रिएको थियो । मङ्गलबारदेखि नै उपचारको लागि काठमाण्डौ लैजान एअर एम्बुलेन्सको लागि पहल भए पनि एयर एम्बुलेन्स पाइएको थिएन । यसअघि ती पुरुषको नवजीवन अस्पतालको आइसोलेशनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो ।

मङ्ंगलबार मात्रै कोरोनाको कारण कैलालीकी एक महिलाको मृत्यु भएको थियो । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत महिलाको मृत्यु भएको हो । कैलालीको लम्कीचुहा नगरपालिका २ की ४३ वर्षीया महिलाको मङ्गलवार मृत्यु भएको थियो । बुधबार उहाँको स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । टाउकोमा चोट लागेको कारण उपचार गर्न गएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मङ्गलबार मृत्यु भएकी महिलामा बुधबार कोरोना पुष्टि भएको नेपालगञ्ज मेडिकल कलेजले जनाएको छ । 

यसअघि डायलसिस गर्ने क्रममा मृत्यु भएकी धनगढी उपमहानगरपालिका ४ की ५५ वर्षीया एक महिलाको अन्त्येष्टिपछि कोरोना पुष्टि भएको थियो । दुई हप्ताअघि प्रादेशिक अस्पतालको डायलसिस वार्डमा उहाँको मृत्यु भएको थियो । उहाँको सेतीमा डायलसिस सुरु गरेको पाँच मिनेटमै मृत्यु भएको थियो । बिराङ्गना हेल्थ केयरले सञ्चालन गरिरहेको डायलसिस वार्डका व्यवस्थापक दिपक भट्टका अनुसार डायलसिस सुरु गर्नुअघि आरडीटी जाँच गर्दा नेगेटिभ देखिएको थियो । महिलाको मृत्यु भइसकेपछि कोरोना जाँचको लागि थ्रोट स्वाबको नमुना सङ्कलन गरेर परीक्षण गर्दा पोजेटिभ पाइएको थियो । 

त्यस्तै बाजुराको जिल्ला अस्पताल आइसोलेशनमा राखिएकी बालिकाको मृत्यु भएपछि सङ्कलन गरिएको थ्रोट स्वाब परीक्षण गदौ कोरोना पुष्टि भएको थियो । योसँगै सुदूरपश्चिममा कोरोनाको कारण चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन जनाको मृत्युपछि कोरोना पुष्टि भएको हो । एक जनाको भने कोरोना पुष्टि भएपछि मृत्यु भएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया