गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या ३४८ पुग्यो

 असार ५, २०७७ शुक्रबार ७:२४:१४ | राधाकृष्ण डुम्रे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

स्याङ्जा – गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । शुक्रबार बाग्लुङ, कास्की, स्याङजा र नवलपरासी सुस्ता पूर्वका २४ जना थपिएका हुन् ।

बाग्लुङमा २ महिलासहित १४ जना, कास्कीमा दुई महिलासहित ६ जना, स्याङ्जा र नवलपरासी सुस्ता पूर्वका दुई/दुई जनामा सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एव‌ प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशमा सङ्क्रमितमध्ये ३४ जना निको भएर घर फर्किएका छन् भने एक जनाको भने ज्यान गएको छ । योसँगै गण्डकीमा सङ्क्रमितको सङ्ख्या तीन सय ४८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया