ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
काठमाण्डाै – पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा पाँच जना स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमण पुष्टि भएसँगै अस्पतालले आजदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ । पर्वत अस्पतालले विज्ञप्ति निकालेर स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको हो । अस्थायी कोरोना अस्पतालमा सङ्क्रमितको उपचारमा संलग्न डाक्टरसहितका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको जिल्ला अस्पताल पर्वतका डाक्टर शिशिर देवकोटाले जानकारी दिनुभयो ।
गएकाे जेठ २० गते पहिलो पटक पर्वतमा सङ्क्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा एक हप्तासम्म खटिएका स्वास्थ्यकर्मीमा सङ्क्रमण देखिएको हो । कोरोना अस्पतालमा कार्यरत सात जनाको नमुना परीक्षण गरिएकोमा पाँच जनामा सङ्क्रमण पुष्टि भएको हाे । कोरोना अस्पतालमा एक हप्ता बिताए पनि उनीहरु अहिले क्वरेण्टीनमा नै छन् ।
स्वास्थ्यकर्मीलाई समेत सङ्क्रमण देखिएपछि जिल्लास्तरीय कोरोना रोकथाम तथा व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पर्वतका उज्यालो सहकर्मी सन्तोष थापा त्यहाँको स्थानीय पत्रिकामा पनि काम गर्नुहुन्छ ।