गुल्मी : हाेम क्वरेण्टीनमा बसेका एक पुरुषकाे मृत्यु

 असार ५, २०७७ शुक्रबार ११:५३:५५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा होम क्वरेण्टीनमा बसेका एक पुरुषको बिहीबार राति मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रकोट गाउँपालिका ५ काे मैनडाँडाका ६९ वर्षीय पुरुष रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिनुभएको छ ।

दुई हप्ताअघि भारतको मुम्बईबाट घर फर्कनुभएका उहाँ लामो समयदेखि प्यारालाइसिसको बिरामी हुनुहुन्थ्यो । उहाँको आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि उहाँ होम क्वरेण्टीनमा बस्दै आउनुभएको थियो ।

शुक्रबार उहाँको स्वाब निकालेर परीक्षणकाे लागि लुम्बिनी प्रादेशिक अस्पताल भैरहवा पठाइने भएको छ । मृत्यु भएका पुरुषकाे शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गर्न लागेको गाउँपालिका अध्यक्ष पन्थले जानकारी दिनुभयाे ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया