भारतमा बेचिएका दुई किशोरीको उद्धार
असोज ७, २०८० आइतबार
काठमाण्डाै – काेराेना भाइरस (काेभिड–१९) काे प्रकाेपकाे कारण अहिले विश्व नै आक्रान्त भइरहेकाे छ । नेपालमा पनि सङ्क्रमणकाे अवस्थालाई ध्यानमा राखी लकडाउन गरियाे र लकडाउनकाे मोडालिटीमा केही परिर्वतन भएपछि निजी गाडीहरु जोर र बिजोर नम्बर प्लेटको आधारमा चल्न थालेका छन् ।
सार्वजनिक गाडी पनि अब चलाउने तयारी भइरहेकाे छ । यसरी लामाे समयसम्म पार्किङमा थन्क्याइएका गाडी चलाइहाल्ने अवस्थाका हुँदैनन् । लामाे समयसम्म पार्किङ गरेर राखेको गाडी चलाउनुभन्दा अगाडि राम्रोसँग जाँच गर्नुपर्छ ।
लकडाउनपछि गाडी चलाउनुअघि सिप्रदी ट्रेडिङ प्रालीले दिएका १० सुझाव :
१. कोरोना भाइरस फैलिन नदिन गाडीलाई स्यानिटाइज गर्ने ।
२. बाह्य वस्तुको प्रवेशबाट हुन सक्ने सम्भावित खतराको लागि एयर इनटेक प्रणालीको जाँच गरौँ ।
३. इन्टर कुलर तथा रेडियटरमा कतै लिकेज भएको छ कि ? जाँच गरौँ ।
४. गाडीको ब्याट्रीको अवस्था जाँच गरौँ र यदि चार्ज नभएमा चार्जिङ स्टेशनमा लगेर चार्ज गरौँ ।
५. पावर स्टेरिङ पम्प, कन्टेनर र हाइड्रोलिक आयलको लेभल तथा लिकेज जाँच गरौँ ।
६. कुलेन्टको लेभललाई चेक गर्नुहोस् र यदि कम भएमा अधिकतम लेभलसम्म पुग्ने गरी थप गर्नुहोस् ।
७. रबर पाइप तथा होजहरुको अवस्था चेक गर्नुहोस् ।
८. टायरको अवस्था चेक गर्नुहोस् र सही टायर प्रेसरलाई कायम राख्नुहोस् ।
९. डीप स्टिकले इन्जिन आयलको लेभल चेक गरौँ र यदि कम भएमा थप गरौँ । इन्जिन आयलको लेभल चेक गर्दा गाडी समान सतहमा हुनुपर्छ ।
१०. गाडीको इन्जिन स्टार्ट गरी कुनै असामान्य आवाज छ कि चेक गरौँ । गाडी स्टार्ट गरेको केही समयसम्म आरपीएम बढाउनु हुँदैन तथा इन्जिन बन्द गर्ने बेलामा पनि आरपीएम बढाउनु हुँदैन ।
थापा उज्यालाेमा कार्यरत हुनुहुन्छ ।