गुल्मीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गयो

 असार ६, २०७७ शनिबार १८:७:३५ | जनार्दन घिमिरे
unn.prixa.net

प्रतिकात्मक तस्बिर

गुल्मी – गुल्मीमा पहिरोले जीप पुर्दा एक जनाको ज्यान गएको छ । पहिरोले जीप पुर्दा अन्य दुई जना घाइते भएका छन् । 

अर्घाखाँचीको मालारानी गाउँपालिकाबाट गुल्मीको धुर्कोट गाउँपालिकाको हाडहाडेको लागि छुटेको ग १ ज ३९९७ नम्बरको जीप हाडहाडेमा पहिरोमा पुरिएको हो । पहिरोले जीप पुर्दा त्यही ठाउँकी तुलसी काउछाको ज्यान गएको छ । 
दुर्घटना घाइते भएकालाई उपचारको लागि अस्पताल लगिएको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया