सुदूरपश्चिममा थप ९४ जनामा कोरोना पुष्टि

 असार ६, २०७७ शनिबार १९:१५:४२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा शनिबार थप ९४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ जना र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालामा दुई जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा भएको परीक्षणमा डोटीका नाै जना महिला र ५२ जना पुरुष गरी ६१ जना, बैतडीका १८ जना पुरुष, डडेल्धुराका पाँच महिला र सात पुरुष गरी १२ जना र कैलालीका एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयाे ।

यस्तै शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका दुई पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको उहाँले बताउनुभयो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या आठ सय ७९ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका दुई सय पाँच, डडेलधुराका एक सय ४४, बैतडीका एक सय ३८, डोटीका एक सय २२, कञ्चनपुरका ९६, अछामका ७४, बाजुराका ७०, बझाङका १९ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ । 

पुष्टि भएका पाँच जनाको ज्यान गएकाे छ भने एक सय २४ जना निको भएर घर फर्किसकेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया