स्याङ्जामा १० सहित गण्डकी प्रदेशमा थप १९ जनामा काेराेना सङ्क्रमण

 असार ७, २०७७ आइतबार १५:५२:३७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा ‍– गण्डकी प्रदेशमा आइतबार १९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्याङ्जामा १०, बाग्लुङमा पाँच, कास्कीमा दुई, नवलपुर र तनहुँमा एक/एक जना सङ्क्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । 

स्याङ्जामा थपिनेहरुमा चापाकोट नगरपालिकाका ६ जना गल्याङ नगरपालिकाका चार जना रहेका छन् । कास्कीका दुई सङ्क्रमितमध्ये एक जना पोखरा महानगरपालिका र एक जना मादी गाउँपालिकाका छन् ।

बाग्लुङका सङ्क्रमितमध्ये गलकोट नगरपालिकाका तीन जना, बडीगाड गाउँपालिका र जैमिनी नगरपालिकाका एक/एक जना रहेका छन । नवलपुरकाे ​गैँडाकोट नगरपालिका एक जना र तनहुँकाे व्यास नगरपालिकाका एक जनमा सङ्क्रमण पुष्टि भएकाे हाे । आइतबार बिहानमात्रै गण्डकी प्रदेशका चार जिल्लाका १६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । 

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच सय २३ पुगेको छ भने ४९ जना निको भएका छन् । काेराेनाबाट अहिलेसम्म यस प्रदेशमा एक जनाको ज्यान गएकाे छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया