सुदूरपश्चिममा थप ७६ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १ हजार नाघ्यो

 असार ७, २०७७ आइतबार १७:४८:५० | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा आज ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा भएको परीक्षणमा ४३ र काठमाण्डौमा भएको परीक्षणमा ३३ गरी ७६ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाण्डौमा भएको परीक्षणमा डोटीका दुई महिला र १४ पुरुष गरी १६ जना, कैलालीका तीन पुरुष, डडेल्धुराका तीन महिला र ११ पुरुष गरी १४ जनामा कोरोना पुष्टि भएको हो ।

यता धनगढीको पशु अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा ४३ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताउनुभएको छ।

आज थपिएकामध्ये सबैभन्दा बढी कैलालीका २९ जना रहेको श्रेष्ठले जानकारी दिनुभयो । यस्तै डोटीका पाँच जना, कञ्चनपुरका तीन जना तथा बाजुरा, डडेल्धुरा र बैतडीका दुई/दुई जना छन् । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार २४ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका दुई सय ६१, डडेल्धुराका एक सय ८६, बैतडीका एक सय ४२, डोटीका एक सय ५४, कञ्चनपुरका एक सय, अछामका ७६, बाजुराका ७२, बझाङका २१ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ । 

सुदूरपश्चिममा अहिलेसम्म काेराेना पुष्टि भएकामध्ये पाँच जनाको ज्यान गइसकेको छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया