विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
बैशाख १४, २०८१ शुक्रबार
गुल्मी-अविरल वर्षाका कारण पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड अवरुद्ध बनेको छ ।
तम्घास–रिडी सडक खण्ड अन्तर्गत गुल्मीको रुरुक्षेत्र गाउँपालिकाको खनियाँ रुख नजिकको सडक माथिवाट पहिरो खसेपछि सोमबार बिहानदेखि यो सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बनेपछि एम्बुलेन्स लगायतका दुई दर्जनभन्दा बढी गाडी बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडकको पहिरो पन्छाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिनुभयो ।
गुल्मीमा गएको सातादेखिको लगातार वर्षाका कारण जिल्लाका दुई दर्जनभन्दा बढी ग्रामिण सडकहरु समेत अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।