पहिराेले अवरुद्ध गुल्मीकाे रिडी–तम्घास सडक खुल्याे

 असार ८, २०७७ सोमबार १४:३७:४१ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल फाेटाे

गुल्मी – पहिरो खसेपछि बन्द रहेको गुल्मीको रिडी–तम्घास सडक खुलेको छ । रुरुक्षेत्र गाउँपालिकाको खनियाँ रुख नजिकै पहिरो खसेपछि बिहानदेखि बन्द रहेको सडक अहिले खुलेको हो । 

बाटो खुलेपछि बिहानदेखि रोकिएका गाडी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजकुमार रावलले जानकारी दिनुभयो । 

तर गुल्मीकै रिडी, रुद्रवेणी, वामिटक्सार सडक पहिरोका कारण बन्द भएको छ । यो सडकखण्डको ६ ठाउँमा पहिरो गएको प्रहरीले जनाएको छ । सडक बन्द हुँदा बाग्लुङको बुर्तिबाङ जाने गाडी रोकिएका छन् । 

अन्तिम अपडेट: चैत ५, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया