सुदूरपश्चिममा थप १३७ जनामा कोरोना पुष्टि, सङ्क्रमितको सङ्ख्या १ हजार १६१ पुग्यो

 असार ८, २०७७ सोमबार २०:१९:२२ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा थप एक सय ३७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणमा ९६ जना र धनगढीकाे प्रयोगशालामा ४१ जनामा कोरोना पुष्टि भएको हो । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीकाे धनगढीका पाँच महिला र १६ पुरुष गरी २१, भजनीका एक पुरुष, अछाममा तीन महिला र दुई पुरुष गरी पाँच जना, डडेल्धुराको गन्यापधुराका तीन पुरुष, कञ्चनपुरको शुक्लाफाँटाका तीन महिला र एक पुरुष गरेर चार जना, बेदकोटका एक पुरुष, भीमदत्तनगरका एक पुरुष, पुनर्वासका दुई पुरुषमा कोरोना पुष्टि भएको छ । बझाङको बुगङ्लका एक महिला र दुई पुरुष गरी तीन जनामा कोरोना पुष्टि भएको हाे । 

यस्तै आज काठमाण्डाैमा भएकाे परीक्षणमा थप ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मनत्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयाे । उहाँका अनुसार कैलालीमा एक महिला र ५७ जना पुरुष गरी ५८ जना, डडेल्धुरामा पाँच महिला र १० पुरुष गरी १५ जना, बैतडीमा एक महिला र १३ पुरुष गरी १४ जना, डोटीमा चार महिला र तीन पुरुष गरी सात जना र अछाम जिल्लामा एक जनामा कोरोना पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ६१ पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका तीन सय ४१, डडेल्धुराका दुई सय चार, बैतडीका एक सय ५६, डोटीका एक सय ६१, कञ्चनपुरका एक सय ८, अछामका ८२, बाजुराका ७२, बझाङका २४ र दार्चुलाका १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भएकाे छ भने एक सय ३४ जना निको भएर घर फर्किसकेका छन् । 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया