पाल्पा : पहिरोले ४ वटा सवारी साधन बगायो, २ जनाको शव भेटियो

 असार ८, २०७७ सोमबार १९:२:१३ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा पहिरोले सवारी साधन बगाउँदा दुई जनाको शव भेटिएको छ । 

पाल्पाको रिडी–तानसेन सडक खण्डको सम्मोबारी नजिक पहिरोले चार वटा सवारी साधन बगाएको हो । घटनास्थलमा दुई पुरुषको शब भेटिएको र एक गम्भीर घाइतेको उद्धार गरी उपचारको लागि तानसेनको मिसन अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

शव पाेस्टमार्टमकाे लागि जिल्ला अस्पताल ल्याइएको छ । पाल्पाबाट रिडी–गुल्मी जाँदै गरेको लु १ त १९२८ काे निर्माण सामग्री बोक्ने ट्रकमा सवार दुई पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रहरीका अनुसार सदरमुकाम तानसेनदेखि सात किलोमिटर टाढा रिडी–तानसेन सडक खण्डको सम्मोबारीमा पहिरो खस्दा एउटा ट्याङ्कर, बोलेरो जीप, मिनी ट्रक र एउटा कार बगाएको हो । ती सवारी साधनमा कति मानिस सवार थिए भन्ने यकिन भइसकेको छैन । 

अहिले घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित उद्धारकर्मीहरु खटिएका छन् । डेढ सय मिटर लामो पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: चैत ७, २०८०

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया