पहिरोको सास्ती : अस्पताल हिँडेका गम्भीर बिरामीलाई समेत समस्या

 असार ९, २०७७ मंगलबार ९:२५:५० | देव पचभैया

पाल्पा - पाल्पाको तानसेन ११ सम्मोबारी क्षेत्रमा पहिरोका कारण बाटो अवरुद्ध भएपछि उपचारका लागि हिँडेका गम्भीर बिरामीलाई समेत समस्या भएको छ । गुल्मी, बाग्लुङ्गबाट उपचारका लागि पाल्पा, बुटवल काठमाण्डौ हिँडेका बिरामी तथा यात्रुहरु दुई दिनदेखि अलपत्र परेका हुन् ।

आइतबार राति परेको पानीले पहिरो खसेर बाटो बन्द भएपछि पाल्पा, बुटवल तथा काठमाण्डौका लागि छुटेका गाडीहरु हार्थोक क्षेत्र तथा गुल्मी र बाग्लुङ्गका लागि हिँडेका गाडीहरु तानसेनको ढुङ्गाखानीमा रोकिएका छन् । तानसेन – रिडी सडकको सम्मोबारी, बिश्वकर्मा मन्दिर क्षेत्रमा ठूला ढुङ्गा सहितको पहिरो गएपछि बाटो अवरुद्ध भएको हो ।

तत्काल तानसेन छुटेका गाडीहरुलाई उता पठाउन नसकिने, तर गुल्मीबाट पाल्पाको लागि छुटेका ३० भन्दा बढी गाडीलाई पाल्पा ल्याउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

आइतबार बेलुकीदेखि अवरुद्ध सडकको सम्मोबारी क्षेत्रमा एकतर्फी खुलेपछि हिजो बेलुकी तानसेनबाट रिडी जान लागेका चारवटा गाडी बगाउँदा ३ जनाको ज्यान गएको थियो ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया