सुदूरपश्चिममा असार पहिलो हप्ता मात्रै ७७ प्रतिशत कोरोना सङ्क्रमित भेटिए

 असार ९, २०७७ मंगलबार ९:५४:७ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिममा असार पहिलो हप्तामा मात्रै ७७ प्रतिशत कोरोना सङ्क्रमित भेटिएका छन् । असार १ गतेदेखि ८ गतेसम्म ७७ प्रतिशतमा कोरोना पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सुदूरपश्चिममा ११ सय ६१ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये असारका ८ दिनमा मात्रै ८ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो भनेको जम्मा सङ्क्रमितको ७७ प्रतिशत हो । यसअघिका तीन महिनामा २३ प्रतिशत सङ्क्रमित भेटिएका थिए ।

धनगढी प्रयोगशाला र काठमाण्डौ प्रयोगशालामा असार महिनाको ८ दिनमा २ हजार एक सय १५ वटा नमुनामध्ये ८९७ जनाको नमुना पोजेटिभ आएका छन् । यो कुल परीक्षण गरिएका नमुनाको ४३ प्रतिशत हो ।

जेठ ३२ गतेसम्म सुदूरपश्चिममा सङ्क्रमितको सङख्या दुई सय ६४ थियो । त्यो अवधिमा धनगढी प्रयोगशालामार्फत ६ हजार ५ सय २२ र काठमाण्डौ लगायतका प्रयोगशालामार्फत दुई हजार तीन सय १६ जना गरी ८ हजार ८ सय ९० जनाको कोरोना परीक्षण भएको थियो ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असारको ८ दिनमा धनगढी प्रयोगशालामार्फत एक हजार चार सय ९६ जना र काठमाण्डौ प्रयोगशालामा पाँच सय ७५ जना गरी थप दुई हजार एक सय १५ जनाको कोरोना परीक्षण भएको छ ।

प्रदेशभरी अहिलेसम्म ११ हजार पाँच जनाको कोरोना परीक्षण भएकोमा सङ्क्रमितको सङख्या एक हजार एक सय ६१ पुगेको छ ।

अहिलेसम्म कोरोनाबाट पाँच जनाको ज्यान गएको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन् ।

असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका तीन सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय ८, अछामका ८२, बाजुराका ७२, बझाङमा २४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।

असारका ८ दिनमा २११५ नमुना परिक्षण, ८९७ जनामा कोरोना पुष्टि

पछिल्ला दिनहरुमा एक्कासी उकालो लागिरहेको कोरोना सङ्क्रमितको दर झन बढ्दै गएको छ । धनगढी प्रयोगशाला र काठमाण्डौ जनस्वास्थ्य प्रयोगशालामा गरिएका नमुना परीक्षणमा असारका ८ दिनमा ८ सय ९७ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी प्रयोगशाला र काठमाडौँ प्रयोगशालामा असार महिनाको ८ दिनमा २ हजार एक सय १५ वटा नमुनामध्ये ८९७ जना नमुना पोजेटिभ आएका छन् । यो कुल परीक्षण गरिएका नमुनाको ४३ प्रतिशत हो ।

जेठ ३२ गतेसम्म सुदूरपश्चिममा सङ्क्रमितको सङख्या दुई सय ६४ थियो । त्यो अवधिमा धनगढी प्रयोगशालामार्फत ६ हजार पाँच सय २२ र काठमाण्डौ लगायतका प्रयोगशालामार्फत दुई हजार तीन सय १६ जना गरी ८ हजार ८ सय ९० जनाको कोरोना परीक्षण भएको थियो ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङक अनुसार असारको ८ दिनमा धनगढी प्रयोगशाला मार्फत एक हजार चार सय ९६ जना र काठमाण्डौ प्रयोगशालामा पाँच सय ७५ जना गरी थप दुई हजार एक सय १५ जनाको कोरोना परीक्षण भएको छ । प्रदेशभरी अहिलेसम्म ११ हजार पाँच जनाको कोरोना परीक्षण भएकोमा सङ्क्रमितको सङख्या एक हजार एक सय ६१ पुगेको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन् ।

असारको १ गते ६८ जना, २ गते १७ जना, ३ गते ३२ जना, ४ गते दुई सय ३८ जना, ५ गते एक सय ६६ जना, ६ गते एक सय ६३ जना, ७ गते ७६ जना र ८ गते एक सय ३७ जनामा कोरोना पुष्टि भएको संघीय स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीका तीन सय ४१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै डडेल्धुरामा दुई सय पाँच, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय ८, अछामका ८२, बाजुराका ७२, बझाङमा २४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भईसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किसकेका छन् ।

सुदूरपश्चिमका ९ जिल्लाबाट संकलन गरीएका ६ हजार ६ सय बढिको नतिजा आउन भने बाँकी रहेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले दिएको जानकारी अनुसार काठमाण्डौमा पठाइएको स्वाबमध्ये पाँच हजार नौ सय तीन जनाको रिपोर्ट आउन बाँकी छ भने धनगढी प्रयोगशालामा पठाइएका सात सय तीन जनाको रिपोर्ट आउन बाँकी छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया