सुदूरपश्चिममा थप ४९ जनामा काेराेना सङ्क्रमण पुष्टि

 असार ९, २०७७ मंगलबार १५:३८:३४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप ४९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १० पुगेको छ । सोमबारसम्म सङ्क्रमितको सङ्ख्या एक हजार एक सय ६१ थियो । 

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुषसहित ४४ जना, भजनीकी १९ वर्षीया युवती र कैलालीकी ४२ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो ।  

यस्तै कञ्चनपुरको बेलौरी, बाजुरा र बझाङका एक/एक जना पुरुषमा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताउनुभयाे । योसँगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या एक हजार दुई सय १० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी कैलालीमा तीन सय ८७, डडेल्धुरामा दुई सय चार, बैतडीमा एक सय ५६, डोटीमा एक सय ६१, कञ्चनपुरमा एक सय नौ, अछाममा ८२, बाजुरामा ७३, बझाङमा २५ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएका पाँच जनाको मृत्यु भइसकेको छ भने एक सय ६५ जना निको भएर घर फर्किएका छन् । 

अन्तिम अपडेट: बैशाख २, २०८१

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया