पहिराेले अवरुद्ध गुल्मीको रिडी–रुद्रवेणी सडक खुल्याे

 असार ९, २०७७ मंगलबार १८:१७:० | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – वर्षाका कारण पहिरो गएपछि अवरुद्ध बनेकाे गुल्मीको रिडी–रुद्रवेणी सडक खुलेकाे छ । त्यस सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका १ को पुल क्याम्प नजिकै मङ्गलबार बिहान सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियाे ।   

अवरुद्ध सडक सञ्चालनमा ल्याउन डाेजरकाे सहायतामा सडकमा खसेकाे पहिराे हटाइएकाे हाे । सडक अवरुद्ध बनेपछि यात्रु तथा सवारी साधनहरुबीच बाटोमै अलपत्र परेका थिए ।  

त्यसैगरी सोमबारदेखि अवरुद्ध बनेको रुद्रवेणी–वामीटक्सार सडक पनि सञ्चालन भएकाे छ । त्यस सडकखण्ड अन्तर्गत डहरे खोला, नादेवा खोला र बादरे भीरलगायतका स्थानमा खसेको पहिरो हटाइएपछि सडक सञ्चालनमा आएकाे सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो । 

अन्तिम अपडेट: चैत ९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया