काेराेना भाइरसले अमेरिकालाई 'घुँडा टेक्न बाध्य' बनायाे : स्वास्थ्य विभागका अधिकारी

 असार १०, २०७७ बुधबार १५:५८:५२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी स्वास्थ्य विभागका शीर्ष अधिकारीले काेराेना भाइरसले देशलाई 'घुँडा टेक्न बाध्य' बनाएकाे बताएका छन् । 

काेराेना सङ्कटसँग लडिरहेकाे अमेरिकामा सङ्क्रमितकाे सङ्ख्या २३ लाखभन्दा धेरै भएकाे छ भने मृतककाे सङ्ख्या एक लाख २१ हजारभन्दा धेरै पुगेकाे छ । 

अमेरिकाकाे सङ्घीय हेल्थ इमर्जेन्सी सेन्टर्स फर् डिजिज कन्ट्राेल एण्ड प्रिभेन्सन् (सीडीसी) का निर्देशन डक्टर राेबर्ट रेडफिल्डले वाशिङ्टनमा एक सुनुवाइकाे क्रममा देशकाे सार्वजनिक स्वास्थ्यकाे मूल संरचना लामाे समयदेखि आर्थिक अभावकाे सामना गरिरहेकाे र यसमा तत्काल लगानी आवश्यक भएकाे बताए । 

उनले भने, 'याे भाइरसकाे सामना गर्न हामीले जति राम्राे गर्न सक्थ्याैँ, हामीले गर्‍याैँ र काेराेना भाइरसले याे देशलाई घुँडा टेक्न बाध्य बनायाे ।'

डाक्टर राेबर्ट रेडफिल्ड कांग्रेसकाे हाउस इनर्जी र कमर्स कमिटीलाई सम्बाेधन गरिरहेका थिए । उनले भने, 'एक सामान्य भाइरसकाे कारण हामी सायद सात ट्रिलियन डलर बराबर रकम खर्च गर्न जाँदैछाैँ ।' 

डाक्टर राेबर्ट रेडफिल्डले अमेरिकाले महामारीकाे सामना गर्न आफ्नाे क्षमताकाे पूर्ण प्रयाेग गर्दा पनि केही आलाेचना पनि भएकाे बताए । 

सन् २०२० काे सुरुवातमा जब काेराेना भाइरस एसिया र युराेपबाट अमेरिकातर्फ बढिरहँदा त्यस समय सङ्कटकाे सुस्त र कमजाेर तरिकाबाट सामना गरेकाे भन्दै ट्रम्प प्रशासनले आलाेचनाकाे सामना गर्दै आइरहेकाे छ । 

अमेरिकी राष्ट्रपति ट्रम्पले पटक–पटक काेराेना सङ्कटकाे खतरालाई कमजाेर आँकलन गर्ने गरेका कारण उनकाे आलाेचना हुने गरेकाे छ । 

डाक्टर राेबर्ट रेडफिल्डले स्थानीय, राज्य र केन्द्रकाे स्तरमा अमेरिकामा सार्वजनिक स्वास्थ्यकाे मूल संरचनामा कम लगानीकाे पुरानाे समस्या रहेकाे बताए । यसाम तथ्याङ्क विश्लेषण, ल्याबाेरेटरी सुविधा सार्वजनिक स्वास्थ्य कर्मचारी आपत्कालीन सुविधा समावेश छन् । उनले यसमा खर्च बढाउने समय आएकाे पनि बताए । 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया