गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण

 असार ११, २०७७ बिहिबार ६:४२:१७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

म्याग्दीका ६ जना, बाग्लुङका २ जना, नवलपरासी सुस्ता पूर्वका २ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ११ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नवलपरासीका सङ्क्रमितलाई आईसोलेशनमा राखिसकिएको र अन्यलाई आईसोलेशनमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ७ सय ५३ मध्ये ९१ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमित १ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया