कोरोना परीक्षणमा धनगढी प्रयोगशाला शत प्रतिशत विश्वसनीय भएको प्रमाणित

 असार ११, २०७७ बिहिबार ८:५७:५१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – धनगढीमा रहेको  कोरोना परीक्षण प्रयोगशाला शतप्रतिशत सही र विश्वसनीय रहेको प्रमाणित भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरेको छड्के जाँच अर्थात् क्रश भेरिफिकेशनमा धनगढीमा रहेको सेती प्रादेशिक प्रयोगशाला शत प्रतिशत सही र विश्वासयोग्य रहेको पुष्टि भएको हो ।

धनगढी प्रयोगशालाबाट कोरोना परीक्षणपछि आएका पाँच जना पोजेटिभ र पाँच जना नेगेटिभ रिपोर्टको नमुना क्रस भेरिफिकेशनका लागि काठमाण्डौ पठाइएको थियो । काठमाण्डौमा रहेको जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि धनगढी प्रयोगशालामा देखाएअनुसारकै रिपोर्ट देखाएको छ ।

धनगढीमा पोजेटिभ देखाएका पाँच जनाको काठमाडौमा पनि पोजेटिभ र धनगढीमा नेगेटिभ रिपोर्ट आएकाको काठमाडौमा पनि नेगेटिभ रिपोर्ट आएको प्रयोगशालाका इन्चार्ज रमेश शाहीले बताउनुभयो ।

संघीय सरकारले आरडीटी–पीसीआर मेसिन पठाएपछि चैत २९ गतेदेखि धनगढीमा कोरोना परीक्षण सुरु भएको थियो । अहिलेसम्म धनगढी प्रयोगशालामार्फत ८ हजार तीन सय जनाको कोरोना परीक्षण भएको छ ।
धनगढी प्रयोगशालाको नेतृत्व रमेश शाहीले गरिरहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया