क्वरेण्टीनबाट फर्किएर घाँस दाउरा र मेलापात, पीसीआर परीक्षणमा रिपाेर्ट पाेजेटिभ

 असार ११, २०७७ बिहिबार १४:४१:५ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा १४ दिन क्वरेण्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पर्किएका चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।  

माथागढी गाउँपालिका १ चिदिपानीको क्वरेण्टीनमा बसेर आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएका वडा नम्बर १ का एक पुरुष, वडा नम्बर २ रुप्सेका एक पुरुष र वडा नम्बर ७ रहवासका दुई जना पुरुषमा कोरोना सङ्क्रमणको पुष्टि भएको हो । 

करेण्टीनमा बस्ने अवधि पूरा गरेर आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएको भन्दै उनीहरु घाँसपात र मेलापातमा समेत गएको स्थानीयले जनाएका छन् ।

भारतबाट आएका सबैको पीसीआर परीक्षण गर्ने पालिकाको निर्णय अनुसार गरिएको परीक्षणमा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

घर पठाएकामा समेत सङ्क्रमण पुष्टि भएपछि उनीहरुकाे सम्पर्कमा आएका व्यक्तिहरूको खोजी भइरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसीले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: बैशाख ६, २०८१

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया