प्रहरी निरीक्षक र कानुन व्यवसायी ५० हजार घुससहित पक्राउ

 असार १२, २०७७ शुक्रबार ७:२२:५८ | सीताराम ओझा
unn.prixa.net

कैलाली – जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक र एक जना कानुन व्यवसायी ५० हजार घुस सहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्टलाई पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग आयोग, कञ्चनपुरका सूचना अधिकारी टोपबहादुर विष्टले विशेष सूचनाको आधारमा कानुन व्यवसायी विष्टको फर्ममा छापा हान्ने क्रममा उनीहरु दुवै जनालाई ५० हजार घुस सहित रंगेहात पक्राउ गरिएको बताउनुभयो ।

जबर्जस्ती करणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्दा मिलाईदिन्छु भन्दै उनीहरुले ५० हजार घुस लिएको सूचना अधिकारी विष्टले बताउनुभयो । कानुन व्यवसायी विष्टले बिचौलीयाको भूमिका खेलेको र घुस रकम बुझ्न प्रहरी निरीक्षक विष्ट पनि कानुन व्यवसायीको फर्ममा आएको समयमा पक्राउ गरिएको अधिकारी विष्टले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १७, २०८०

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया