सुदूरपश्चिममा शुक्रबार २१९ जनामा काेराेना पुष्टि, सङ्क्रमितको सङ्ख्या १८ सय ८६ पुग्यो

 असार १२, २०७७ शुक्रबार २०:०:३४ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा शुक्रबार दुई सय १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा आज दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज डोटीका ७१, कञ्चनपुरका ४३, कैलालीका ३८, बाजुरा र बैतडीका २७/२७, बझाङका नौ, दार्चुलाका तीन र अछामका एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका एक पुरुष, बैतडीका पाँच महिला र २० पुरुष गरी २५ जना, बझाङका तीन महिला र ६ पुरुष गरी नौ जना, बाजुराका १० महिला र १७ पुरुष गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै दार्चुलाका तीन पुरुष, डोटीका १७ महिला र २९ पुरुष गरी ४६ जना, कैलालीका आठ महिला र २२ पुरुष गरी ३० जना र कञ्चनपुरका आठ महिला र ३४ पुरुष गरी ४२ जनामा कोरोना पुष्टि भएको हाे । चितवनमा भएको परीक्षणमा कैलालीका एक पुरुषमा पनि कोरोना देखिएको छ । 

यस्तै धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार डोटीका २५, कैलालीको भजनीका दुई र चुरेका पाँच गरी सात, बैतडीको पञ्चेश्वरका दुई र कञ्चनपुरको भीमदत्तका एक जनामा कोरोना पुष्टि भएको छ । सङ्क्रमण पुष्टि भएका ३५ जनामध्ये डोटीका ६ र कैलालीका एक महिला रहेका छन् । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ८६ पुगेको छ ।

सुदूरपश्चिममा अहिलेसम्म सबैभन्दा बढी कैलालीका पाँच सय ४९ जनामा कोरोना पुष्टि भएको छ । यस्तै कञ्चनपुरमा दुई सय ९७, डडेल्धुरामा दुई सय १७, डोटीमा दुई सय ८०, बैतडीमा एक सय ९०, अछाममा एक सय २६, बाजुरामा एक सय ३५, बझाङमा ७१ र दार्चुलामा १६ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि भएकामध्ये पाँच जनाको ज्यान गइसकेकाे छ भने दुई सय ४४ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया