गण्डकी प्रदेश : स्याङ्जाका २२ सहित थप ३२ जनामा कोरोना सङ्क्रमण

 असार १३, २०७७ शनिबार ८:७:१५ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ३ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

सबैभन्दा धेरै स्याङ्जामा थपिएका छन् । अर्जुनचौपारी गाउँपालिकाका १२ महिनाको बच्चा, ६ महिला सहित १९ जना तथा पुतलीबजार, वालिङ र बिरुवाका एक, एक जनामा सङ्क्रमण देखिएको हो । 

त्यस्तै बाग्लुङका ८ जना र नवलपरासी सुस्ता पूर्वका २ जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । वालिङ र नवलपरासी सुस्ता पूर्वका सङ्क्रमित आईसोलेसनमा नै छने भने अरु सङ्क्रमितलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका कोरोना सङक्रमित ८ सय ३८ मध्ये १०१ जना निको भएर घर फर्किएका छन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया