सुदूरपश्चिममा झण्डै ९५ प्रतिशत कोरोना सङ्क्रमित घर र क्वरेण्टीनमा

 असार १३, २०७७ शनिबार १०:३:१ | सीताराम ओझा
unn.prixa.net

कैलाली – सुदूरपश्चिम प्रदेशमा शुक्रबार दुई सय १९ जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या एक हजार आठ सय ८६ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ, धनगढी प्रयोगशाला र चितवन प्रयोगशालामा भएको परीक्षणमा दुई सय १९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ ।

प्रदेशमा झण्डै १९ सय जना कोरोना सङक्रमितमध्ये पाँच जनाको ज्यान गइसकेको छ भने एक सय जनालाई मात्र उपचारका लागि विभिन्न अस्पतालमा राखिएको छ ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार कोरोना विशेष तोकिएको सेती लगायतका अस्पतालमा स्थापना गरिएको आइसोलेशनमा एक सय जनाको उपचार भइरहेको छ । यो भनेको जम्मा सङ्क्रमितको ५ प्रतिशत मात्रै हो । ५ प्रतिशत अस्पतालको आइसोलेशनमा उपचार गरिरहँदा ९५ प्रतिशत कोरोना सङ्क्रमित भने घर र क्वरेण्टीनमा बसिरहेका छन् ।

आइसोलेशनमा बसेका सङ्क्रमितमध्ये सबैभन्दा बढी टिकापुर अस्पतालको आइसोलेशनमा ३२ जना रहेका छन् । त्यसैगरी महाकाली अस्पतालको आइसोलेशनमा २२ जना, मालाखेती अस्पतालको आइसोलेशनमा २० जना, सेती प्रादेशिक अस्पताल र अछाम जिल्ला अस्पतालको आइसोलेसनमा १०÷१० जना, जिल्ला अस्पताल डोटीमा तीन जना, बझाङ, दार्चुला र बाजुरा जिल्ला अस्पतालमा एक÷एक जनाको आईसोलेशनमा उपचार भइरहेको छ ।

अन्यलाई भने स्थानीय तहको आइसोलेशनमा राखिएको दाबी स्वास्थ्य निर्देशनालयले गरेको भए पनि अधिकांश सङ्क्रमित ‘होम आइसोलेशन’मै बसेका छन् । केही सङ्क्रमित क्वरेण्टीनमा बसेका छन् । अहिलेसम्म पाँच सय ९९ जना कोरोना सङ्क्रमित सामान्य उपचारपछि घर फर्किएको निर्देशनालयले जनाएको छ ।

सरकारले नयाँ मापदण्ड जारी गरेपछि उनीहरुको दोस्रो पटक कोरोना परीक्षण भने हुन सकेको छैन । जसका कारण समुदाय स्तरमा सङ्क्रमण फैलिने चिन्ता गरिएको छ  । तर चिकित्सकहरु भने सङ्क्रमित व्यक्तिले १४ दिनपछि कोरोना अरुलाई सार्न नसक्ने बताउँदै आएका छन ।

नयाँ मापदण्ड अनुसार लक्षण देखिएका सङ्क्रमितलाई मात्र अस्पतालको आइसोलेशनमा राखिंदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सीताराम ओझा

सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया